लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै

file photo
file photo

अफिस अथवा घरमा मानिसहरू कामको दबाबले घन्टौंसम्म सिटमा बसेर छिटै काम सम्पन्न गर्ने गर्छन।यसलाई बानी वा बाध्यता भन्नुहोस्।

तर, यसले तपाईंको स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याइरहेको हुन्छ। लामो समयसम्म बस्दा ढाड दुख्ने सामान्य कुरा हो। तर, यो बानीले तपाईंलाई क्यान्सर लाग्ने भन्ने थाहा पाउँदा तपाईंहरू छक्क पर्नुहुनेछ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा प्रतिवेदन अनुसार लामो समयसम्म बसिरहने र कुनै पनि शारीरिक गतिविधि नगर्ने गर्दा मोटोपना, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, हाइपरटेन्शन, इन्फ्लेमेशन, मुटुसम्बन्धी रोगहरूको जोखिम बढ्ने गरेको छ।

यी कुराहरूलाई अपनाउनुहोस्

–कुर्सीमा बसेरै काम गर्नेहरूले डाढलाई सर्पोट हुने गरी बस्नु पर्छ।

–कुर्सीमा तकिया वा कुसन राखेर कम्मरलाई सहारा दिएर पनि बसाइको आसन सही बनाउन सकिन्छ।

–कम्प्युटरको स्क्रिनलाई आँखाको सिधा हुने गरी राख्नुहोस ताकि गर्धन र आँखामा कम दबाब परोस

–खुट्टालाई जमिनमा टाँसेर राख्नुहोस

–हरेक एक घण्टामा आफ्नो कुर्सीबाट उठेर टहल्ने वा शरीरलाई तन्काउने गर्नुहोस्

–यताउति डुलेर आउनुहोस् अफिसमा पनि लिफ्टको सट्टा भर्याङ्गको प्रयोग गर्नुहोस्

–हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस्

–फलफूल र तरकारी धेरै खानुहोस् पानीको मात्रा बढाउनुहोस् दिनमा कम्तीमा २ लिटर पानी पिउनुहोस्।

एजेन्सीको सयोगमा 


 

प्रकाशित मिति: : 2023-12-28 19:45:00

प्रतिकृया दिनुहोस्