जुम्लामा सरकार विरुद्ध युवा विद्यार्थीको प्रदर्शन 

जुम्लामा अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्ला जिल्ला कमिटीको संयुक्त आयोजनामा सरकारविरुद्ध प्रदर्शनी भएको छ। 

शक्रबार बालकुमारी ग्वार्को चोक नजिकै रहेको इपिएस (रोजगार अनुमति प्राणाली) कार्यालय अगाडि भएको प्रदर्शनीमा प्रहरी दमन हुँदा वीरेन्द्र शाह र सुजन रावतको ज्यान गएसँगै देशभर प्रदर्शन भइरहेको छ।

यसैबीच जुम्लामा पनि प्रदर्शन भएको हो। सरकारले रोजगारी दिन नसक्ने विदेश जान खोज्दा ज्यान मार्ने हो भने त्यसलाई जनपक्षीय सरकार मान्न नसकिने राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य शारदा पछाईले बताइन्।

ज्यानमारा सरकारको रबैया विरुद्ध सडकमा आउनु र सडकबाटै सत्ता पल्टाउनुको विकल्प नरेहको अनेरास्ववियुका केन्द्रीय सदस्य विराज भण्डारीले बताए।

प्रदर्शनीमा युवा विद्यार्थीहरुले 'सरकार सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे' 'ज्यामारा सरकार मुर्दावाद' लगायतका नारा लगाइएको थियोे।

युवाहरुलाई स्वदेशमा रोजगारी नदिने, विदेश जान्छु भन्दा मारिदिने सरकार नेपाली जनतालाई नचाहिएको अनेरास्ववियु जुम्लाका अध्यक्ष रतननाथ योगीले बताए।

प्रकाशित मिति: : 2023-12-31 21:39:00

प्रतिकृया दिनुहोस्