दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

भारतको दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम लगाईदिन्छु भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।

स्याङ्जास्थित गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमाती ३१ वर्षकी अस्मीता भण्डारीलाई मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटीएको टोलीले बुधबार कञ्चनपुर ईलाकाबाट प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ परेका उनमाथि थप अनुसन्धान तथा कारवाहीको लागि काठमाण्डौ जिल्ला अदालतले पठाइएको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति: : 2024-01-01 19:35:00

प्रतिकृया दिनुहोस्