दोलखामा एक किशोर मृत फेला

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

दोलखामा एक किशोर मृत फेला परेका छन्।

दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्। 

भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए। शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए।

घटनास्थल नजिकै  रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन्।

प्रकाशित मिति: : 2024-01-02 22:10:00

प्रतिकृया दिनुहोस्