नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच राष्ट्रियसभा सदस्य निर्वाचनबारे आज पनि छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल सुरू भएको हाे।
मंगलबार पनि दुई दलका शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल भएकाे थियाे।
कार्यक्रममा कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरु सहभागी छन्।
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ।