भारतीय विदेशमन्त्री भाेलि नेपाल आउँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए।

भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो। उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन्।

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नेछन्।

नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो। दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो।

प्रकाशित मिति: : 2024-01-03 15:39:00

प्रतिकृया दिनुहोस्