वर्षको पहिलो भ्रमणमा नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

तस्बिर: भारतीय विदेशमन्त्री जयशङ्करकाे ट्वीटर (एक्स)
तस्बिर: भारतीय विदेशमन्त्री जयशङ्करकाे ट्वीटर (एक्स)

भारतका विदेशमन्त्री डा एस जयशंकर दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा विदेशमन्त्री जयशंकर बिहीबार बिहान नेपाल आएका हुन्। उनले सन् २०२४ को पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल भ्रमणमा आएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो। उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन्।

भारतको विदेश मन्त्रालयले भ्रमणका दौरान कनेक्टिवटी डिजिटल भुक्तानी लगायतका विभिन्न व्यावसायिक विषयमा सहमति हुने बताएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्विटर (एक्स)मा लेखेका छन्, 'नमस्ते काठमाडौँ! सन् २०२४ को मेरो पहिलो भ्रमणमा नेपाल फर्किन पाउँदा खुसी छु।'

भारतका विभिन्न सञ्चार माध्यमले नेपाल भ्रणको समाचार प्रकाशनतथा प्रशारण गरेका छन्।

'ह्वाई भारत म्याटर्स' जयशंकरले लेखेको पुस्तक हालै सार्वजनिक भएको छ। अनि उनको पछिल्लो रुस यात्रा निकै चर्चामा रह्यो।

वैश्विक नीति र रीति यूरोसेन्ट्रिक मात्रै हुन नसक्ने कुरा अघि सार्दै रूससँग पेट्रोलियम पदार्थ तेल खरिद गरेको विषयमा उनले सिंगो युरोपले भारतले भन्दा बढी खरिद गरेको अभिव्यक्ति दिएका थिए।

विदेशमन्त्री जयशंकर 'टेरर एण्ड टक' सँगै हुन नसक्ने र पाकिस्तानले आफनो नीतिमा बदलाव नल्याउँदासम्म सार्क बैठक हुन नसक्ने अडानमा छन्।

जयशंकरको पछिल्लो भनाई छ, 'कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध' का विशेषज्ञहरु 'डी-कोड' गर्न लागि परेका छन्, त्यसैले सन् २०२४ मा भारत 'विशिष्ट' र 'ठुला' निर्णय लिन सक्छ।

प्रकाशित मिति: : 2024-01-04 10:27:00

प्रतिकृया दिनुहोस्