गरिब परिवारमा हुर्किएका उनी काम गर्न चाहन्थे। त्यही सपनाले उनी मुम्बई आए। कुलीकाे काम गर्न थाले। र, त्यही कुली बनेर उनले सुन तस्करी गरे। अनि मुम्बईकै पहिलाे अन्डरवर्ल्ड डन बने।
कुनैबेला इण्डियामा ‘डन’हरूको बिगबिगी थियो। त्यही समयको चर्चित नाम थियो, ‘हाजी मस्तान’।
उनी मुम्बई अन्डरवर्ल्डका पलिलो डन थिए। जसको डर पूरै मुम्बईमा फैलिएको थियो। दाउद इब्राहिम र पठान ग्याङलाई एक बनाएका हाजीले नामी माफिया वर्धालाई पनि आफ्नो इशारामा नचाएका थिए।
त्योबेलाका चर्चित अभिनेता सन्जीव कुमार र दिलीप कुमारलगायत बलिउडका अन्य कलाकारहरूसँग उनको चिनजान थियो।
कयौं सुपरहिट फिल्ममा काम गरेर नाम कमाएका कलाकारहरूलाई साथी बनाएका हाजीको जीवन कहानी कुनै फिल्मभन्दा कम छैन। सन् १९२४ मा सुरु भएको उनको कहानी १९९४ मा सक्कियो।
कुलीबाट कसरी बने अन्डरवर्ल्ड डन?
सन् १९३४ सालताका तमिलनाडुका हाजी मस्तान ८ वर्षको उमेर मुम्बई छिरेका थिए। हाजी मस्तानका पिताले मुम्बईमा हज यात्रीहरूका लागि बनाइएको यात्री खानाको ठीक छेउमा साइकल पंक्चर पसल खोलेका थिए। जुन पसलको नम्बर–७ थियो।
हाजी मस्तान आफ्नो पसलमा बसेर साइकल पंक्चर लगाउँथे। उनको त्यो पसल यतिधेरै चल्दैन थियो। त्यसैले मस्तानले हज यात्रामा जाने यात्रीहरूका लागि पानी जहाजमा ‘कुली’को काम गर्ने निधो गरे।
इन्दिरा डकमा हाजी मस्तानले पोर्टरको काम गर्न थाले र तीर्थयात्रीहरूको सामान उठाउन थाले। त्यसबीच मस्तानको भेट गालिब शेखसँग भयो। गालिबले उनलाई एक खास सामान (सुनको बिस्कुट र महँगो घडी) उठाउन लगाए। मस्तान तयार भए।
हाजी मस्तानले थाहा पाएका थिए कि हज यात्रीहरूको कुनै जाँच हुँदैन। त्यसैले उनी जहाजबाट ओर्लेपछि सिधैंैं बाहिर निस्किन्थे। यात्रीहरूले जतिसुकै सामान ल्याएपनि सोध्ने कोही हुँदैन थिए। हज यात्रीसँग हजबाट फर्केपछि हाजी मस्तानले उनीहरूलाई आफ्नो डेट बक्समा राखेर सुन र चाँदी भरेर मुम्बई ल्याउन थाले। त्यो काम गर्नका लागि उनी पनि तयार भए। त्यसपछि उनीहरूमा प्रगाढ मित्रता बढ्न थाल्यो।
कुलीको काममा उनको मन मानिरहेको थियो। त्यो समय विदेशबाट मानिसहरूले महँगो घडी र सुन–चाँदीलगायत मूल्यवान सामानहरू ल्याउने गर्थे। त्यही सामान हाजी झिक्ने गर्थे। उसलाई कसैलेपनि शंका गर्दैन थिए। त्योबेला उनलाई मस्तान मिर्जाले गरेका थिए।
त्यही काम गरेर उनी ‘सुन तस्करी’मा समावेश हुन थाले। एकैपटक उनले २०–२५ किलोको सुन स्मलिङग गर्न थाले। त्यही सुनको कारण उनले पैसा कमाए अनि मुम्बइ अन्डरवर्ल्डका पहिलो डन बने।
सन् १९६० र १९७० को दशकमा भारतीयहरूका लागि हज यात्राको मार्ग मुम्बईबाट इन्दिरा डकसम्म समुद्री मार्गबाट जहाजमा जाने थियो।
मुम्बईबाट हज यात्रा गर्न सकिने भएकाले देशभरका हज यात्रीहरू मुम्बई आउँथे। यहीँबाट सरकारले उनीहरूलाई भिसा दिने गर्दथ्यो र यहाँबाट हज यात्रीहरू ९० दिनको यात्रामा जान्थे।
हाजी मस्तानसँगै अन्य थुप्रै भरियाहरू पनि सुनचाँदी तस्करीमा संलग्न हुन थाले। हाजी मस्तानसँगै अशरफ रहमान उर्फ लल्लु र मोहम्मद नूर उर्फ नुराले पनि सुन र चाँदीको तस्करी गरेका थिए।
जेद्दाहबाट सुन आउँदा मस्तानका मानिसहरुले सुन चाँदीलाई नुराको एम्बेसडर कार नम्बर २८ मा छोड्थे। झण्डै २० वर्षसम्म सुनचाँदीको तस्करी गरेपछि हाजी मस्तानले सन् १९७० मा धेरै पैसा कमाएका थिए।
हाजी मस्तानले हज यात्रीहरूका लागि राखिएको यात्री खानाको ठीक अगाडि आठ र नौ नम्बरका दुई पसलहरू किनेका थिए। यी पसलहरूमा हाजी मस्तानले डायमण्ड क्लब नामको क्लब बनाए। केही समयपछि हाजी मस्तानले डायमन्ड क्लबबाट आफ्नो साम्राज्य चलाउन थाले।
मुम्बईका सबै ठगहरु डायमन्ड क्लबमा जुवा खेल्न आउँथे। त्यतिबेलाका ठूला माफियामा करिम लाला, युसुफ पटेल, वरदराजनजस्ता नाम थिए, उनीहरू पनि डायमन्ड क्लबमा आउँथे। यही डायमन्ड क्लबमा हाजी मस्तानले मुम्बईका सबै गुण्डाहरूलाई भेटे र त्यहाँबाट उनको साम्राज्य चल्न थाल्यो।
तर हाजी मस्तानले त्यही डायमन्ड क्लब लल्लूलाई गिफ्ट गरे। त्यसको पछाडि पनि छुट्टै कथा छ। एक पटक राजस्व अनुसन्धान निर्देशनालयले सुनचाँदी तस्करीको खबर पायो। सरकारी अधिकारीहरूले लल्लूलाई समातेर लगे, तर सामान नपाएपछि उनले लल्लुलाई धेरै पिटे। तरपनि क्लबको बारेमा केही बताएनन् उनले। त्यही खुसीमा हाजीले लल्लूलाई क्लब उपहार दिए। र, मस्तानले आफ्नो साइकल पंक्चर पसल नम्बर–७ नूरालाई उपहार दिए।
विभिन्न अपराध र सुन तस्करीबाट पैसा कमाउन सफल भएका थिए हाजी। तर विस्तारै उनको खौफ मुम्बई यति फैलियो कि उनको पछि लागिरहेका पुलिसले उनलाई पक्राउ गर्यो।
१८ महिना उनले जेलमा बिताए। र, त्यही जेलमा उनले जयप्रकाश नारायण अर्थात् ‘जेपी’लाई भेटे। त्यसपछि उनले सदाका लागि अपराधको दुनियाँ छाड्ने निधो गरे।
सन् १९८० सालमा अपराधको दुनियाँलाई अलविदा भनेका हाजीले १९८४ सालमा एक राजनीतिक पार्टी बनाए। जसको नाम उनले ‘दलिछ–मुस्लिम सुरक्षा महासंघ’ राखे। पार्टीले चुनाव पनि लड्यो तर सफलता भने हासिल गर्न सकेन। जीन्दगीको अन्तिम क्षणमा मुम्बईका पहिलो अन्डरवर्ल्ड डन र प्रख्यात तस्कर आफ्नो परिवारसँग बसे। र, १९९४ मा हृदयघातका कारण उनको मृत्यु भयो।