महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले आज यहाँ चार सय बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्।
एकीकृत हातेमालो समाज नेपालद्वारा मोरङको बेलबारी नगरपालिका–७ बाहुनी बजारमा आयोजित कार्यक्रममा उनले बालबालिकालाई ज्याकेट, स्वेटरलगायत न्यानो कपडा वितरण गरेका हुन।
त्यस अवसरमा मन्त्री आचार्यले बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण र सहयोगमा समाजका सबै वर्गको मद्दत आवश्यक हुने बताए। किसान आधारभूत विद्यालय र देवकोटा प्राविका चार सय विद्यार्थीलाई कपडा वितरण गरिएको हो।
मन्त्रीकै उपस्थितिमा रोटरी क्लब अफ भादगाउँसँगको सहकार्यमा ८५ ज्येष्ठ नागरिक एवं विपन्न समुदायका व्यक्तिलाई ब्ल्याङ्केट, सिरक, डसना, सिरानी प्रदान गरिएको थियो। स्थानीय क्लबलाई फुटबल, जर्सी, नेटलगायत वितरण गरिएको थियो।
आजै मन्त्री आचार्यले समाजको पहलमा बाहुनीमा स्थापित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहलको उद्घाटन गरेका छन्।