दुई दर्जनभन्दा बढी सह-सचिवको सरुवा हुँदै

File Photo
File Photo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई दर्जनभन्दा बढी सह-सचिवहरुको सरुवा गर्ने भएकाे छ।

मन्त्रालयले सरुवाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सह-सचिवहरुको सूची पठाएको हो।

सरुवा हुनेमा प्राविधिक सह-सचिवहरूको संख्या धेरै छ भने प्रशासनका कम छन्। सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सह-सचिवको सरुवा हुने स्रोतले बताएको छ।

प्रकाशित मिति: : 2024-01-09 13:29:00

प्रतिकृया दिनुहोस्