ल क्याम्पसका अध्यक्षमाथि छोराद्वारा हतियार प्रहार

काठमाडौँको बिजुली बजारस्थित चक्रवर्ती ल कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि आफ्नै छोरा निरज भण्डारीले हतियार प्रहार गरेका छन्।

निरजले गएराति ११ बजेतिर हतियार प्रहार गरेपछि बाबु देवेन्द्र गम्भीर घाइते भएका हुन्। अहिले उनको नर्भिक अस्पताल थापालथलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ। उनले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई कलेजमा प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राति कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।

भण्डारीका बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।

प्रकाशित मिति: : 2024-01-09 16:51:00

प्रतिकृया दिनुहोस्