सरकारले गर्‍याे दुई जना सचिवको सरुवा

File Photo
File Photo

सरकारले दुई जना सचिवको सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएर उक्त आयोगमा कार्यरत सचिव रामकृष्ण सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

सञ्चार मातहतका विभिन्न निकायको खरिद र ठेक्का प्रकरणको विवाद उत्कर्षमा पुगेको समयमा सचिव राउतलाई सञ्चारबाट आयोगमा पठाउने निर्णय भएको हो।

प्रकाशित मिति: : 2024-01-10 11:39:00

प्रतिकृया दिनुहोस्