अनुयायी बेपत्ता र बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेकाे छ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार गरेर बम्जनलाई सार्वजनिक गरेकाे हाे।
उनलाई सीआईबीकाे टाेलीले काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिका-६ टन गाउँबाट मंगलबार साँझ पक्राउ गरेकाे थियाे।
उनको घरबाट नेपाली ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सीआईबीले जनाएकाे छ।
पक्राउ परेका बमजनलाई सर्लाही जिल्ला अदालत लैजाने तयारी भइरहेकाे छ।