गाैशाला-२६काे तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरेका पार्टी सदस्यलाई रास्वपाले गर्‍याे कारबाही

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलात्कृत महिलाकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समितिका सदस्य दिवस सापकाेटालाइ कारबाही गरेकाे छ।

दिवसले सामाजिक सञ्जाल एक्समा गाैशाला-२६काे तस्बिर पाेष्ट गरेकाे भन्दै पदीय जिम्मेवारीबाट निलम्बन गरिएकाे रास्वपाले जनाएकाे छ।

‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं’, रास्वपाले भनेकाे छ, ‘सापकोटाले गौशला- २६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल (X)मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए।’

प्रकाशित मिति: : 2024-01-11 13:48:00

प्रतिकृया दिनुहोस्