हिराकाे खाेजी गर्दागर्दै थाकेका थिए उनी। त्यहीबेला चम्किरहेकाे पत्थर देखे अनि साेच्न थाले, ‘के हो, त्यो चम्किरहेको ढुङगा?’। एकछिनसम्म त्यही पत्थर नियालिरहे। त्यसपछि बल्ल बुझे, ‘त्यो त हिरा पो रहिछ!’
सन् २०१७ सालको सबैभन्दा चर्चित समाचार बन्यो, सियरा लियोनको ‘पीस डायमण्ड’। हिराको खोजले पूरै दुनियाँ नै तरङगित रह्यो। तर जति हिरा फेला परेकाे समाचार मानिसहरू उत्साहित थिए। त्यतिकै दुखी थिए, खनिकहरू।
हिरा खाेज्ने खनिकहरूकाे कहिल्यै नाम देशभर चुलिएन। जबकी उनीहरू नै थिए हिरा फेला पार्नका लागि कडा मेहनत गर्नेहरू।
हिरा खाेज्ने पाँच जनाकाे त्याे समूहमा सबैभन्दा साना सदस्य थिए–कोम्बा जोनबुल र एन्ड्रयु साफी। उनी हिराकाे खाेजमा लागेका थिए, जसकाे लागि धेरै मेहनत गर्नुपथ्याे।
तर त्याे परिश्रम उनीहरूले देखेकाे सपनाभन्दा धेरै सानाे थियाे।
गरिबीमा हुर्किएका जाेनबुल पैसा कमाएर दुई तले घर बनाउन र टोयोटा एफजे क्रुजर किन्न चाहन्थे त साफी आफ्नो अध्ययन पूरा गर्न चाहन्थे। त्यही सपना बुनेर उनीहरू हिराकाे खाेजीमा निस्किएका थिए।
जीन्दगीकाे याेजना
गरिब परिवारमा जन्मिएका साफीकाे पढ्ने ठुलाे रहर थियाे। तर गरिबीकाे कारण उनले बीचैमा पढाइ टुङ्गाउनु पर्याे। त्यहीकारण उनी पढाइलाई निरन्तरता दिन चाहन्थे।
साफीकाे मात्र हाेइन जाेनबुलकाे पनि उस्तै कथा थियाे। उनकाे परिवार सन् १९९१ देखि २००२ सम्म चलेको गृहयुद्धमा तहसनहस भएको थियो। त्यसैले उनी आफ्ना लागि घर किन्न चाहन्थे।
आ–आफ्नो सपनालाई पूरा गर्ने लक्ष्य निस्किएका थिए–ती किशोरहरू। त्यहीपनि बिना ज्याला। मात्र खानाकाे भरमा।
एक स्थानीय पास्टरले यी दुईसहित पाँच जनाको लागि उत्खननको प्रायोजन गरेका थिए। उनले ती समूहसँग हिरा फेला परे सबैजनालाई हिस्सा दिने प्रस्ताव राखेका थिए।।
काम कठिन थियाे तर पनि काममा सहभागी भए उनीहरू। बिहान सबेरैदेखि नास्ता अघिसम्म खजूरको खेतमा काम र त्यसपछि दिनभरि खन्ने।
उनीहरूकाे चाहना थियाे पैसा पाएर सपना पूरा गर्ने अनि बिन्दास जिन्दगी बिताउने। त्यही सपनाले उनीहरूलाई त्याे डरलाग्दाे काममा धकेलेकाे थियाे।
त्याे काम गर्दा भारी वर्षा र चर्को गर्मी सहनुपरेको कुरा सम्झन्छन् जोनबुल।
'काम मुश्किल थियाे, त्यसैले हामी एक अर्कालाई सान्त्वना दिन्थ्यौं र आफूलाई साहस दिन्थ्यौं। हामी ठट्टा गर्थ्यौं। हामीसँग ब्लुटुथ डिभाइस थियो जसमा हामी गीतहरू सुन्थ्याैं।' उनले बताए।
पैसा पाएर अचानक धनी भए के गर्ने भनेर सपना देखिरहन्थे उनीहरू। अनि सुन्दर भविष्यबारे कल्पिरहन्थे।
सबैभन्दा ठूलो हीरा
कयाैं दिनकाे भाेक प्यास र मिठाे निन्द्रा त्यागेर काममा जुटेका उनीहरू एकदिन खुसी नाच्न थाले। जब उनीहरूले ठूलाे हिरा फेला पारे।
शुक्रबार, मार्च १३, २०१७ को दिन थियो। उसिनेको केराको नास्ता खाए अनि खानीमा जानुअघि प्रार्थना गरे।
उत्खनन, जमिन भत्काउने, गिट्टी छुट्याउने र वर्षाको पानी खानीमा भर्न नदिने तयारी गर्ने उनीहरूको योजना थियो।
त्यहीक्रममा जोनबुलको आँखा एउटा चम्किलो ढुङ्गामा पऱ्यो।
'मैले यो ढुङ्गा बगिरहेको पानीमा देखेँ जुन तल झरिरहेको थियो। मैले पहिले हिरा देखेको थिइनँ', उनले भने, 'मैले त्यो ढुङ्गामा एक मिनेटभन्दा बढी आँखा लगाएँ। अनि काकालाई भनें त्यो ढुङ्गा चम्किरहेको छ, यो कस्तो ढुङ्गा हो?'
६५ लाख डलरमा बिक्याे हिरा
एकनासले चम्किरहेकाे ढुङ्गालाई उनले पानीबाट उठाए।
'चिसाे हिरा उठाउने बित्तिकै तिनीहरूले मेरो हातबाट खोसेर भने, 'यो हिरा हो!' उनले सुनाए।
त्याे हिरा ७०९ क्यारेटको थियो, जुन विश्वको १४ औं ठूलो हिरा थियो।
खनिकहरूले पास्टर इमानुएल मोमोहलाई यसको रिपोर्ट गरे र उनले यसलाई कालो बजारमा बेच्नुको सट्टा सरकारलाई हस्तान्तरण गरेर इतिहास रचे।
लिलामीमा उक्त हिरा ६५ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।
जोनबुल र साफीजस्तै सियरा लियोनका हजारौं बासिन्दाअनौपचारिक खानीमा काम गर्छन्।
यदि उनीहरु भाग्यमानी छन् भने उनीहरूले हिराको सानो टुक्रा पाउन सक्छन्, तर यस्तो पूरै हिरा त्यत्राे नै हिरा पाउनु अब त सपना जस्तै हाे। तर पनि हिरा खाेज्नमा व्यस्त छन् उनीहरू।
हिरा खाेज्नअघि सम्झाैता भएकाे थियाे कि हरेक खनिकले हिरा बेचेर पैसा पाउनेछन् र केही हिस्सा स्थानीय विकासका लागि सरकारमा जानेछन्।
सबै पैसा खर्च भयाे
सुरुमा प्रत्येक माइनरले ८० हजार अमेरिकी डलर पाएका थिए। त्याे रकम उनीहरूले पनि पाए। तर पनि निराश भए।
जोनबुल भन्छन्, 'जब मैले आफ्नो अंश पाएँ, मैले यसलाई नछोइकन एक हप्तासम्म राखें। त्यसपछि म घर किन्न फ्रीटाउन गएँ।'
साफी आफ्नो अध्ययन पूरा गर्न क्यानडा जान चाहन्थे र जोनबुल पनि उनीसँग त्यहाँ जान चाहन्थे। उनले आफ्नो यात्रा तय गर्ने विचार गरे। अनि विश्वविद्यालय शुल्क र आवासको लागि एक एजेन्टलाई 15,000 डलर तिरे। भिसा लाग्ने भराेसामा।
त्यही सपना बाेकेर उनी घाना पुगे, जहाँ उनी छ महिना बसे अनि धेरै पैसा खर्च गरे।
तर उनको भिसा आवेदन अस्वीकृत भएपछि यो योजना असफल भयो। जोनबुल सियरा लियोनमा फर्किए। उनीहरूको हिस्साको ठूलो रकम खर्च भएको थियो। जबकि साफी ने आफ्नाे नयाँ यात्रा सुरू गरिसकेकाे थियाे।
उनी तेस्रो देशमा गए, जसको नाम उनको सुरक्षाका कारण भनिएकाे छैन। त्यहाँ उनलाई दिनको समयमा ड्राइभरको रूपमा काम गर्न र साँझमा अध्ययन गर्न दिइने बताइयाे।
तर जब साफी त्यहाँ पुगे, त्याे सबै कुरा गलत साबित भयाे।
उनी भन्छन्, 'अस्तबलमा घोडाको हेरचाह गर्नुपर्थ्यो र त्यहीं खानुपर्थ्यो र सुत्नुपर्थ्यो। बाँकी कामदारहरूलाई बस्ने ठाउँ दिइयो, तर मलाई त्यही सुत्न लगायाे।'
साफीले हिराको धनबाट यस्तो जीवनको आसा गरेका थिएनन् र घर बिना उनको अवस्था नाजुक भएको थियो।
उनले सियरा लियोनमा किनेको घरबाहेक हिराको केही भाग पूरै खर्च भइसकेको थियो। अब उनी घर जान चाहन्थे।
पहिचान पाएन
यी मानिसहरूको हृदयमा सबैभन्दा ठूलो दुख त्याे थियाे कि उनीहरूले आफ्नो खोजको लागि उचित क्रेडिट कहिल्यै पाएनन्।
मिडिया रिपोर्टहरू मुख्यतया पास्टरहरूमा केन्द्रित थिए, जसले यी मानिसहरूलाई खननको लागि नियुक्त गरे। वास्तवमा, खनिकहरूको बारेमा धेरै कम उल्लेख गरिएको थियो। साफीले आफूलाई किनारा लगाएको र बहिष्कृत भएको महसुस गरे।
जोनबुललाई लाग्छ कि सायद उनले यो रकम फरक तरिकाले खर्च गरेकाे भए। उनकाे संसार नै बदलिन्थ्याे।
उनी भन्छन्, 'जब मसँग पैसा थियो, म सानै थिएँ। पछाडि फर्केर हेर्दा मलाई मन पर्दैन। त्यतिखेर म लुगाफाटा र अन्य सामान हरू किनेर मात्र देखाउँथें। तिमीलाई थाह छ, युवाहरूले यस्तो गर्छन्।
'पैसा कमाउन विदेश जाने महत्वाकांक्षा नभएको भए मैले यो खेर गएको पैसाबाट धेरै काम गर्ने थिएँ,' उनले भने।
विगतलाई फर्किएर हेर्दा दुखी हुन्छन् उनी। ‘जब मसँग पैसा थियो, तब म धेरै सानो थिएँ, विगतलाई फर्किएर हेर्दा मलाई राम्रो लाग्दैन। त्यो समय म मात्र देखावटी गरिरहेको थिएँ, कपडा र अन्य सामान किनिरहेको थिएँ’, उनी भन्छन्, ‘यदी मैले विदेश जाने इच्छा नराखेको भए, बर्बाद भएको पैसाबाट मैले केही गरिसक्थेँ।’
यस्तो जिन्दगीको उनले कहिल्यै कल्पना समेत गरेका थिएनन्। तर जानबुल अहिले फ्रिटाउमा जिन्दगी बिताइरहेका छन् एल्मोनियमको झ्याल बनाउँछन्। साफीको विदेशमा बस्ने इच्छा पूरा हुन पाएन।
जानबुल भन्छन्, ‘जब म जन्में, मेरो बाआमासँग घर थिएन। तर मेरो बच्चा फ्रीटाउनमा आफ्नो पिताको घरमा हुर्किरहेका छन्। यो धेरै ठुलो कुरा हो कि जसरी म हुर्किएँ त्यसरी मेरो हुर्किन परेन। मैले जस्तो दुख झेल्नु परेन।’ बीबीसीकाे सहयाेगमा