त्रिशूली नदीमा ‘खसेको गाडी’ भेटियो, मानिस भेटिएनन्

भारतीय यात्रु चढेको गाडी त्रिशूलीमा खस्यो

एकाबिहानै भारतीय गाडी (बोलेरो) त्रिशूली नदीमा खसेको छ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ को ३ नम्बर पुलनजिकै बाेलेकाे खसेको सूचनापछि सुरक्षाकर्मीहरू उद्दारका लागि खटिएका थिए।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ७ जना गोताखोरसहित १० जना र १७ नम्बर गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौजले ७ बजेबाट खोजी कार्य शुरु गरेको अधिकारीहरूले जनाएका छन्।

चितवन प्रहरीका अनुसार त्रिशूली नदीमा भेटिएकाे बाेलेराेको नम्बर प्लेटमा बीआर ०९ जीसी १४३० लेखिएको छ। नम्बर प्लेट फेला परेकोले भारतीय गाडी रहेको पुष्टि भएको प्रहरीको भनाइ छ।

त्रिशूली नदीमा भारतीय नम्बर प्लेटकाे गाडी भेटिएन पनि यात्रुहरू भेटिएका छैनन्।

प्रकाशित मिति: : 2024-01-16 07:42:00

प्रतिकृया दिनुहोस्