एसियन कप फुटबल: काेरिया, इरान र जोर्डन विजयी

कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएकाे खेलमा काेरिया, इरान र जोर्डन  विजयी भएका छन्।

समूह 'इ' मा रहेकाे दक्षिण कोरियाले बहराइनलाई ३-१ गाेलले पराजित गर्दै विजयि सुरुवात गरेकाे हाे। काेरियाकाे लागि हवान इन बिओमले एक तथा लिक्यान इनले दुई गोल गरेर सफलता दिलाए। 

बहराइनकाे लागि अब्दुला अल हसासले एक गाेल गरे।

तेस्तै समूह 'इ' मा रहेकाे जोर्डनले मलेसियालाई ४–० गोलले हराएको हाे।जोर्डनकाे लागि मोहम्मद मार्दी र मौसा सुलेमानले समान दुई गोल गरे।

यता, हिजाे भएकाे अर्को खेलमा इराकले इन्डोनेसियालाई ३–१ गोलले हरायाे। इराकाे लागि मोहनन्द अलि, ओसामा राशिद र ऐमिन हुसैनले समान एक एक गोल गरे। इन्डोनेसियाकाे लागि मार्सिलिनो फर्निडान्डले गाेल गरे।

प्रकाशित मिति: : 2024-01-16 09:25:00

प्रतिकृया दिनुहोस्