न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरी पक्राउ परेकी छन्।
मंगलबार बिहान सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई गेटबाट पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार उनलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
यसअघि शुक्रबार आरतीले सर्वोच्च परिसरमै आफ्नाे शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन्।
भुवन गिरीमाथि जबर्जस्ती करणी मुद्दा हालेकी आरतीले श्रीमानलाई थुनामा राख्न माग राख्दै आएकी छन्।