ठोरीमा १५ सय गाँजाका बोट फडानी 

पर्साको ठोरी गाउँपालिका–५ स्थित रामनगर र बुद्धनगरमा प्रहरीले १५ गाँजाका बोट फडानी गरेको छ। 

अवैधरूपमा २ कठ्ठा १० धुर जमिनमा लगाइएको गाँजाका बोट बुधबार इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले फडानी गरेको हो। 
 
गाँजा लगाउने ब्यक्तिको पनि खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। 

प्रकाशित मिति: : 2024-01-17 19:21:00

प्रतिकृया दिनुहोस्