कान्जिरोवा हिमालको काखमा ‘भर्जिन ट्रेल’ (तस्बिरहरु)

साैजन्य: राम चन्द्र बस्नेत (भास्कर)
साैजन्य: राम चन्द्र बस्नेत (भास्कर)

डाेल्पा जिल्लामा रहेकाे कान्जिराेवा हिमाल (६८८३ मि.)काे काखमा थुप्रै भर्जिन (अन्वेषण नगरिएका) ट्रेलहरू छन्। त्यसमध्ये माउन्ट कान्जिरोवा पदयात्रामा चुनौतीसँगै रोमाञ्चक र आश्चर्यजनक पदयात्राको अनुभव गर्न सकिन्छ। सन् १९७१ सम्म बाहिरी दुनियाँबाट अज्ञात रहेको कान्जिरोवा हिमाल एक अद्वितीय चुचुरो हो।

यो पदयात्रा जुफाल वा जुम्लाबाट सुरु हुन्छ। पदयात्रामा निकै आकर्षक डोल्पोको विभिन्न भूगोल अवलोकन र अन्वेषण गर्दै पदयात्रीहरूले उच्च अल्पाइन र मरुभूमिको अनुभव गर्न सक्छन। यो पदयात्रीहरूका लागि नयाँ अन्वेषण र चुनौतीपूर्ण ट्रेल भएकोले चुचुरो जित्ने एउटा आकर्षक अवसर पनि हो।

पदयात्रीहरू उप-उष्णकटिवंधीय जंगलहरू, गहिरो अल्पाइन वनहरू पार गरेर निश्चित उचाइ पार गरेपछि बोटविरुवाविहीन क्षेत्रमा पुग्छन्। पदयात्राको क्रममा अनगन्ती सुन्दर दुर्गम गाउँहरू हुँदै पदयात्रीहरूले स्थानीय समुदायहरूको धार्मिक विविधतासहितको जिवित परमपरागत संस्कृतिहरू अवलोकन गर्ने गज्जबको मौका मिल्नेछ। अद्वितीय परिदृश्य, वन्यजन्तु, वनस्पति, जीवजन्तु, झरना, गाउँहरू र भञ्ज्याङले भरिएको छ यो पदमार्ग।

कसरी पुग्ने:

काठमाडौँमाबाट नेपालगञ्ज हुँदै जुफाल वा जुम्ला उडान भर्न सकिन्छ। जुफालबाट पदयात्रा सुरु हुन्छ। जुम्लाबाट भने जीपको यात्रापछि जगदुल्ला पुगिन्छ, जहाँबाट पैदाल यात्रा सुरु हुन्छ। त्यस्तै काठमाडौँबाट नेपालगञ्जसम्म बस सेवा र अगाडि डोल्पा वा जुम्लासम्म पुगिन्छ।

यो यात्रा जुफालबाट ४२ दिन लामो र जुम्लाबाट २२ दिनको पदयात्रा गर्न सकिनेछ।

पदयात्राबारे थप जनकारीको लागि सम्पर्क: 9868320059

प्रकाशित मिति: : 2024-01-20 19:50:00

प्रतिकृया दिनुहोस्