प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा देशको संविधानको मर्मविपरीत नलाग्न आग्रह गरेका छन्।
युगान्डामा भएकाे असंलग्न आन्दोलन (नाम)कोे १९औँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्कने क्रममा आइतबार बिहान विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।
उनले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई फर्काउन सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा नभएकाे बताए।
‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीतविपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ। सरकार गम्भीर छ। यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन। सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन’, प्रधानमन्त्री प्रचण्डले भने।