पाँच सय वर्षसम्म लडाइँ लडिएको रामनगरी 

Photo :  Yogi Adityanath
Photo : Yogi Adityanath

मानवले घमुन्ते जिन्दगी छोडरे निश्चित ठाउँमा बस्न थालेदेखि चिन्तन मनन गर्न थालेदेखि कला, संस्कृति र धर्मकर्मको विकास हुँदै गयो। जुन कुरा समय, परिवेशअनुसार विस्तारै पछिल्ला पिँढीहरूमा हस्तान्तरण हुँदै जान थाल्यो। यसरी हस्तान्तरण हुँदैआएका मानव हितका लागि भनिएका र गरिएका कार्यका साथै उमङ्ग र उल्लासका पाटाहरू पनि थिए।

समय समयमा प्रतिपादित सिद्धान्त, केही दिव्य परुुषका बाणीहरू, तिनका कार्य, तिनले देखाएका मार्गहरू नै तिनका धर्मकर्मका रुपमा अपनाइए। यहाँ विभिन्न युग र ती युगका शासकदेखि त्यतिखेरका गतिविधिहरू कतै कहावतका रुपमा सुनिन्छन् त कतै विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएका पाइन्छन्। हिन्दु आस्थामा रामको प्रभाव अतुलनीय छ।

राम कथा हिन्दु जनजीवनमा जीवन्त छ। जनतामाथि न्यायोचित कार्य गरेका एक आदर्श राजा मानिने रामका बारेमा भनिएको छ, ‘रमन्तेइति राम’ अर्थात् जो रोम रोममा विचरण गर्छन्, तिनै राम हुन्। हिन्दु धर्म दर्शनको मूलमा नै राम बस्दछन्।

अमेरिकाको जोर्जिया निवासी विद्वान नीलकण्ठ ओकद्वारा लिखित पुस्तक ‘द हिस्टोरिक राम’ मा रामायण र अन्य ग्रन्थहरूमा उल्लेख गरिएको राम जन्मिएका समयको घडी, पला र नक्षत्रहरूको वैज्ञानिक विश्लेषण गरी रामको जन्म समय करिब १२००० वि.सी.मा भएको पुष्टि गरिएको छ। त्यस बखतदेखि आजको समयसम्म रामको प्रभाव अविच्छिन्न छ। आज पनि राम-सीताको स्वयम्बर, राम-सीताको विवाह, पितृश्राद्ध हिन्दु संस्कारको महत्वपूर्ण पाटो हो।

राम यस्ता आदर्श पात्र हुन्- जो कोही समाजमा रामजस्तो राजा, रामजस्तो पति, रामजस्तो पुत्र, रामजस्तो भाइ र रामजस्तो मित्र चाहन्छन्। रामको प्रभाव क्षेत्र व्यापक छ। मध्यपूर्व, दक्षिणपूर्व एसिया चीन, मङ्गोलिया, दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र जापानसम्म विभिन्न समदुायहरूमा लोककथा, गीतिनाटक र प्राचीन नृत्यको माध्यमबाट राम जीवन्त छन्। थाइल्याण्डका राजालाई राम भनेर सम्बोधन गरिन्छ। मलेसियन समाजमा असल भाइलाई लक्ष्मण भनेर सम्मान गरिन्छ। दक्षिण कोरियनहरू आफूलाई अयोध्याको राजकुमारीको सन्तान मान्दछन्।

रामायण, श्रवण परम्परा समाजमा कथाको रुपमा जीवित कहानी हो। जसको सजृना त्रेतायुगमा रामको समयमा वाल्मीकि ऋषिद्वारा गरिएको मानिन्छ। मूलतः महर्षि वाल्मीकिद्वारा रचित वाल्मीकि रामायण, तमिल कवि कम्बनद्वारा रचित कम्बन रामायण, तुलसी दासद्वारा रचित राम चरितमानस बढी प्रचलित छन्।

संसारभर विभिन्न भाषाहरूमा ३०० भन्दा बढी संस्करणहरू पाइन्छ। १९औँ शताब्दीमा हरेक समुदायले रामायणलाई आफ्नो भाषामा रचना गर्ने प्रयास गर्यो। फलस्वरूप हाम्रो नेपाली भाषामा अनुवादित भानुभक्तको रामायण भएजस्तै आसाममा असमी, सप्तकाण्ड रामायण, ओडिसामा जगडोन रामायण, उर्दूमा पोथी रामायण आदि सयौँ उदाहरणहरू सहजै देख्न पाइन्छ। वर्तमानमा हामी एक अद्भूत घटनाको साक्षी बनिरहेका छौँ।

ससांरका काल्पनिक कथाहरूमा पनि कुनै चिज प्राप्त गर्न निरन्तर ५०० वर्षसम्म लडाइँ लडिएको कतै पाइँदैन। अभिराम सभ्यताका संवाहक सनातनी हिन्दुहरुले न्यायिक लडाइँबाट सन् १५२८ मा बाबरका सेनापति मिर बाकीद्वारा राम जन्मभूमि तोडी मस्जिद बनाएको जमिन पुनः प्राप्त गरेका छन्।

५०० वर्षपछि अयोध्यामा निर्माण भएको मन्दिरमा मूर्ति स्थापना एवं प्राण-प्रतिष्ठा गरिएको छ। रामनगरी अयोध्यामा निर्माण भएको राम मन्दिर भौतिक रूपमा १ हजार वर्षभन्दा बढी टिक्ने अनुमान गरिएको छ। मन्दिर निर्माणसँगै हिन्दु जागरण र चेतनाको विस्तारले युगिन प्रभाव छोड्नेछ भन्न सकिन्छ। सुन्दा अपत्यारिलो लाग्ने सदियौँको यो सघंर्षमा लगभग २० पुस्ताले चोला फेरिसकेका छन्।

मन्दिर पूर्णरुपमा प्राप्त गर्न साना-ठूला गरेर ७६ वटा लडाइँ लडिएको अयोध्यावासी मान्दछन्। लाखौँको बलिदानी, आफ्नै इतिहासकारहरूबाट सबै झुट भन्ने प्रपञ्च, आफ्नै सरकारबाट राम काल्पनिक हुन् भन्ने दलिल पेश गर्नेलगायत हिन्दुहरूले धेरै अपमान र अवहेलना झेले। तथापि जन्मस्थान पुनः प्राप्त गर्ने सघंर्ष कहिल्यै रोकेनन्।

अन्ततः सन् २०१९ नोभेम्बर ९ मा भारतीय सर्वोच्च अदालतले विभिन्न ऐतिहासिक पुरातात्विक, सांस्कृतिक र शाश्वत प्रमाणको आधारमा लामो अदालती बहसपछि विवादित सम्पूर्ण जमिन हिन्दु पक्षलाई दिने र मुस्लिम पक्षको लागि छुट्टै ठाउँमा पाँच एकड जमिन दिने फैसला सुनायो। यसरी सनातनीहरूको लामो लडाइँको समापन भयो र हिन्दुहरूले विजय प्राप्त गरे।

शीतयुद्धको समाप्तीपछि विभिन्न देशहरूबीचभन्दा अलग सभ्यताहरूबीच संघर्ष हुने आँकलन विद्वानहरूले गरेका छन्। ‘श्यामुअल पी हन्टिङटन’को पुस्तक ‘सभ्यताहरूको संघर्ष’ निकै चर्चित भएको थियो। युराेपियन देशहरूमा देखिएको वर्तमान संघर्षका घटनाहरूले यसै विषयलाई संकेत गर्दैछ। सभ्यताहरूको टकरावका बीचमा हिन्दुहरूको जित र राम मन्दिरको निर्माण विश्व मानचित्रको महत्वपूर्ण घटना हो। यस घटनाको महत्वलाई बुझ्न इतिहासलाई गहिराइमा नियाल्न जरुरी हुनजान्छ।

प्राचीन समयबाटै फरक रीतिरिवाजहरू रहेका समूहहरूलाई लडाइँमा विजय प्राप्त गरी आफ्नो रीतिरिवाज र परम्परामा ढाल्ने प्रचलन साना कबिला राज्यदेखि शक्तिशाली साम्राज्यहरू सबैमा थियो। वर्तमानमा कुनै समूहलाई आफ्नो अनुकूल जबरजस्ती परिवर्तन गर्ने क्रम कम देखिए पनि लोभ-लालच र बल प्रयोग गरी आफ्नो धर्म, रीतिरिवाजमा लघार्ने प्रचलन रोकिएको छैन। मानव समाजको अस्तित्व रहेसम्म रोकिँदैन पनि।

यही प्रकोपमा परी ससांरभर भव्य र प्रभावपूर्ण रहेका सभ्यताहरूसमेत नष्ट भएर गए। मिश्रको सभ्यता रोमको सभ्यता, फारसी सभ्यता, मादा सभ्यता आदि। हिन्दु सभ्यता पनि यही प्रकोपबाट गुज्रिरहेको थियो। एक हजार वर्षसम्म निरन्तर प्रहार भयो। ससांरकै क्रुरतम शासकहरूमध्येका मुगलहरूले चरम अत्याचार गरे। करोडौँको संख्यामा हिन्दुहरूको नरसंहार गरे, युरोपियन धर्म प्रचारकहरूले क्रुरतम अभियानहरू पनि चलाए तर ससांरबाट कैयौँ प्राचीन धर्म विलुप्त हुँदा पनि हिन्दु धर्मलाई मेटाउन सकेनन्।

मध्यपूर्वमा विकास भएको अब्राहमिक धर्मको प्रभावबाट रोमन र फारसी सभ्यता पूर्णरुपमा नष्ट भएर गए। वर्तमान स्तानबुल सहर केन्द्र रहेको बहुदेववादी धर्म मान्ने राजा (रोमन) कन्स्टेन्टी नोपलले ३१२ मा प्राचीन रोमन धर्म छाडी इसाई धर्म अपनाएपछि प्राचीन रोमन साम्राज्यमा रोमन धर्म र संस्कृतिको पतन सुरु भयो।

१ हजार वर्षभन्दा लामो बैजान्टाइन राज्यकालमा इसाई धर्मगुरु र इसाई मिसिनरीहरूको आक्रमक धर्म परिवर्तन अभियानको कारण युरोप पूर्णरुपमा इसाई बन्न पुग्यो। युरोपभर सम्पूर्ण प्राचीन देवस्थलहरू नष्ट गरिए। पुस्तकालयहरू जलाइए। रोमन देवी-देवताहरूका मूर्तिहरू टुक्राटुक्रा पारिए। केही विद्वानहरूको ठूलो सघंर्षले थोरै मात्रामा भए पनि प्राचीन साहित्य र अनुसन्धानका केही कृतिहरू बचेकाले वर्तमानमा हामी रोमन सभ्यताका केही महत्वपूर्ण कृतिहरू अध्ययन गर्न पाइरहेका छौँ।

सन् १६९७ मा स्प्यानिस अभियानकर्ताहरूले दक्षिण अमेरिकी शासकहरूमाथि विजय प्राप्त गरेपछि प्राय: सम्पूर्ण दक्षिण अमेरिकी देश चिली, ब्राजिल, बोलिभिया, भेनेजुएलाका जनताहरूलाई रोमन क्याथोलिक बनाइयो। उनीहरूको आफ्नो प्राचीन लिपि भाषासमेत पूर्णरुपमा मेटाइयो। हाल मेसो अमेरिकन क्षेत्रमा स्प्यानिस, डच, पोर्चुगिजजस्ता युरोपियन भाषा मात्र बोलिन्छन्। यो एउटा विडम्बनाको क्षण हो।

सन् ६१० मा हजरत मोहम्मदले मक्कामदिनाका प्राचीन देवीदेवताहरूका मूर्ति तोडफोड गरी आसपासमा रहेका यहुदी धर्मालम्बीहरूको धर्म परिवर्तन गराई स्थापना गरेको इस्लाम धर्मको विस्तार आक्रमकरूपमा सुरु हुन गयो। सन् ६३३ मा अरबका खेलिजाले इरानमाथि आक्रमण गरे। आफूले जितेको सम्पूर्ण इरानमा धर्म परिवर्तन गराई मुसलमान बनाए।

कुनै समय अत्यन्त शक्तिशाली रहेको फारसको सभ्यता र जराथ्रुस धर्म पूर्णरूपमा नष्ट भयो। हाल इरान र भारतमा निकै सानो संख्यामा रहेका फारसी धर्मावलम्बी अग्नि देवतालाई मान्दछन्। आफ्ना देवता आहुरा माजदालाई पुज्दै आइरहेका छन्। बेलाबखत ती प्राचीन धर्म, संस्कृतिका बारे चर्चा सुनिए पनि प्राचीन विरासत प्राप्त गर्ने गरी आवाज उठ्न सकेको छैन।

वर्तमान समयमा प्राचीन उत्कृष्ट वास्तुकलाको नमुना रहेको हागिया सोफिया गिर्जाघरले भने निकै चर्चा पाउने गर्छ। बैजान्टाइन साम्राज्यको वैभवको प्रतीक रहेको तत्कालीन हागिया सोफिया (पवित्र ज्ञान) गिर्जाघर अत्यन्त भव्य र आकर्षणको केन्द्र थियो।

शक्तिशाली अटोमन साम्राज्यको पतन र टर्कीमा प्रजातान्त्रिक सरकार बनेपछि सन् १४५३ मा मुस्लिम शासक मेहमदुले इस्टानबुल कब्जा गरेपश्चात हागिया सोफिया गिर्जाघरलाई मस्जिदमा परिवर्तन गरिदिए। शक्तिशाली अटोमन साम्राज्यको पतन र टर्कीमा प्रजातान्त्रिक सरकार बनेपछि सन् १९३४ मा हागिया सोफिया मस्जिद सग्रंहालयमा परिवर्तित गरिए।

फेरि हालसालै (सन् २०१४ मा) पुरातन विचारवादी यर्दाेगान टर्कीको राष्ट्रपति बनेपछि उक्त म्युजियमलाई पुनः मस्जिद बनाइयो। यसलाई सांस्कृतिक टकरावको एउटा उदाहरण मान्न सकिन्छ। हाल पनि हागिया सोफिया पूर्णरुपमा इसाईहरूले पाउनपुर्ने र पुनः म्युजियम बनाइनुपर्ने जस्ता आवाजहरू त सुनिन्छन्, तर हाल हागिया सोफिया मस्जिदको रूपमा उभिएको छ। यहुदी इसाई र मुसलमानहरूको जेरुसेलम सहरको विषयलाई लिएर सदियौँ पुरानो त्रिकोणीय विवाद निरन्तर छँदैछ।

अरबमा इस्लाम धर्म स्थापनाको १०० वर्षपछि सन् ७११ मा अरब सेनापति मोहम्मद बिन कासिमले सिन्धुदेशका राजा दाहिर सेनको हत्या गरी भारतमा सुरु गरेको मुसलमानी धर्म विस्तार अभियान सन् १८५७ को विद्रोहसम्म चलिरह्यो। अरब, फारस, तुर्क र मगुलहरूले १२०० वर्षसम्म निरन्तर सयौँपटक आक्रमण गरे। ६० हजारभन्दा बढी मन्दिर र देवालयहरू नष्ट गरे। ४ करोडभन्दा बढी हिन्दुहरूको नरसंहार भयो। र, करोडौँलाई बलपूर्वक इस्लाम धर्म अपनाउन लगाए।

नेपाल उपत्यकामा समेत १४औँ र १६औँ शताब्दीमा पटकपटक मुसलमानी आक्रमण भयो। पशपुतिनाथको शिवलिङ्ग ध्वस्त बनाइयो। सन् १८५७ को सिपाही विद्रोहपछि सम्पूर्ण भारतमा अङ्ग्रेजहरूको शासन कायम भयो, त्यसपछि पनि युरोपियन मिसनहरूले हिन्दुहरूको धर्म परिवर्तन गरिरहे।

हाल उत्तर पूर्वका केही राज्य मिजरआम, नागाल्याण्ड, मेघालयहरूमा ७५ देखि ९० प्रतिशत इसाई भइसकेका छन्। बाहिरी राज्य केबलमा ९५ प्रतिशत जनसङ्ख्या इसाई बनिसकेका छन्। दक्षिण एसियाको सानो मुलुक नेपालमा पनि हालका दिनमा धर्म परिवर्तन गर्ने र गराउने काम तीव्र देखिन्छ।

हिन्दु धर्मावलम्बीहरूका प्रमखु तीर्थस्थलहरूमध्येमा रामको जन्मभूमि अयोध्या, कृष्ण जन्मभूमि मथुरा र शिवको पवित्र भूमि बनारसमा मन्दिर भत्काई मस्जिद बनाइएका थिए। यिनै तीन ठाउँबाट मस्जिद हटाउने माग हिन्दुहरूको थियो। तर मुसलमान पक्षले हिन्दुहरूको यो माग नकार्दै आएको थियो।

भारतले सन् ९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि मुस्लिमहरूले मुस्लिम बाहुल्यता क्षेत्रमा सुन्नी समुदायमा आधारित बेग्लै राज्य निर्माण गरेपछि बाँकी भारतमा बसेका हिन्दुहरूले आफ्नो पवित्र भूमि स्वतन्त्रतापूर्वक प्राप्त गर्नुपर्ने थियो। हिन्दु पवित्र स्थलमाथि थपिएको मस्जिद हटाउने पहल हुनुपर्थ्याे। तर, स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू आफूलाई एक्सिडेन्टल हिन्दु मान्दथे। उनले कुनै पनि हिन्दुहरूका मुद्दालाई अगाडि बढ्न दिएनन्।

यसको विपरित सन् १९४९ डिसेम्बर २३ को रात ती मस्जिदभित्र हिन्दुहरूले स्थापना गरेका मूर्ति हटाउनका लागि धेरै प्रयासहरू गरेका थिए। उनीपछि उनका सन्तानहरू इन्दिरा गान्धी र राजीव गान्धीले खासै उपलब्धिमूलक प्रयास गरेनन्। उल्टै सोनिया गान्धीको शासनकालमा त झन रामको अस्तित्वमाथि नै प्रश्न खडा गरियो। तर हिन्दुहरूले मुलतः राम जन्मभूमि प्राप्त गर्ने अदालती आन्दोलनलाई तीव्र बनाएका थिए।

सन् १९९० मा लालकृष्ण अड्वानीको नेतृत्वमा गुजरातबाट सुरु भएको राम रथ यात्राले हिन्दुहरूमा ठुलो जागरण ल्याएको थियो। ९० को दशकपछि राजनीतिक मुद्दा बनेको राम मन्दिर आन्दोलनलाई भारतीय जनता पार्टी, राष्ट्रिय स्वयंम सेवक सघं र विश्व हिन्दु परिषदले सगंठितरुपमा बल दिए।

सन् १९९२ डिसेम्बर ६ मा अयोध्यामा ठुलो संख्यामा जम्मा भएका कार सेवक (स्वयंम सेवक) हरूले मस्जिदलाई ध्वस्त बनाए। तत्पश्चात भएको साम्प्रदायिक दंगामा भारतभर २ हजारभन्दा बढीले ज्यान गुमाए। पाकिस्तानमा ३० र बंगलादेशमा १२ हिन्दु मन्दिरहरू तोडफोड गरियो। सन् २०१४ मा हिन्दुवादी संगठन भारतीय जनता पार्टीले बहुमत प्राप्त गर्यो। भारतमा सरकार निर्माण गरिएपछि, सुरक्षा चुनौतीसँग लड्न सरकार सक्षम देखिएपछि सन् २०१९ नोभेम्बर ९ मा भारतीय सर्वोच्च अदालतले हिन्दुहरूको पक्षमा फैसला सुनायो।

तत्कालीन नरेन्द्र मोदी सरकारले राम जन्मभूमि तीर्थ क्षेत्रहरूको गठन गरी राम मन्दिरसम्बन्धी निर्माण कार्यलाई निरन्तरता दियो। २०२० मा प्रधानमन्त्री मोदीले राम मन्दिरको शिलान्यास गरे। २०२४ जनवरी २२ मा विविधरूपमा राम मन्दिरको उद्घाटन र प्राण प्रतिष्ठा गरियाे। अयोध्यालाई दुलहीझैँ सिँगारियाे। ठूलो धनराशी खर्चेर अत्याधुनिक हवाईअड्डा र रेल्वेस्टेशन बनायाे। रोडहरू चौडा बनाइए।

भव्य मन्दिरले प्राचीन वैभवको झल्को दिलाउँछ। मन्दिरका सबै ढोकामा सुनको लेपन गरी कलात्मक ढंगले नागर शैलीमा मन्दिर निर्माण गरिएको छ। उक्त कार्य सामान्य घटना देखिए पनि यसलाई नयाँ जागरणको युग शुभारम्भ भएको मान्न सकिन्छ। यसले हिन्दुहरूलाई नयाँ उत्साह दिएको छ। ससांरकै सर्वप्राचीन धर्म हिन्दु बहुआयामिक, उत्कृष्ट ज्ञान परम्पराको केन्द्र भएतापनि लामो समयको गुलामीको कारण हिन भावनाका साथ पेलाई, हेपाई, छल र तिरस्कार सहँदै आएका थियाैँ। अब आएर हिन्दुहरूमा आएको जगरणका कारण परिवर्तनहरू देखिएका छन्।

सन् २०१४ मा भारतमा हिन्दु राष्ट्रवादी पार्टीले विजय प्राप्त गरेपछि पश्चिमी सञ्चार माध्यमहरूले भारतमा नयाँ युगको सरुुवात भएको, भारत वास्तविकरूपमा स्वतन्त्र भएको जस्ता शीर्षक दिएर समाचार प्रकाशित गरेका थिए। नभन्दै मोदीको आगमनपछि भारतले चौतर्फी विकास महसुस गरिएको दाबी गर्याे। वर्षौँ पुराना समस्या समाधानको मार्ग अपनाइएको छ। कश्मिरले विशेष छुट दिन बनाइएको धारा ३७० हटाइएको छ र राम मन्दिर निर्माण भएको छ।

भारत आर्थिक हिसाबले शक्तिकेन्द्र बन्दै गर्दा अवश्य पनि यसको प्रभाव उनीहरूको सांस्कृतिक, धार्मिक क्षेत्रमा देखिने छ। इसाई र इस्लाम धर्म शक्ति र धनबलको प्रभावमा आजसम्म पनि फैलाउने काम भैरहेको छ। इस्लामको प्रचारमा मध्यपूर्वबाट प्राप्त हुँदै आएको पेट्राे डलरको मोटो रकम बन्द भइसकेको छ। युरोपमा चरम आर्थिक मन्दीको चपेटामा परेर इसाई अभियानलाई पनि ठेस लाग्नेछ। सम्पर्णू ज्ञानी मानवहरूको आकर्षणको केन्द्र रहेको हिन्दुधर्म स्वतस्फुर्त रुपमा संसारभर फैलिरहेको छ।

प्रकाशित मिति: : 2024-01-22 21:30:00

प्रतिकृया दिनुहोस्

    जय होस् ।

    • 3 महिना अगाडि
    • Shree R Ghimire