अमेरिकाकाे प्रतिष्ठित पर्यटन प्रदर्शनीमा नेपालकाे ‘फ्रेन्ड्स एड्भेन्चर टिम’

संयुक्त राज्य अमेरिकमा आयोजित ‘ट्राभल एण्ड एड्भेन्चर शो’ प्रदर्शनीमा नेपालबाट एकमात्र ट्रेकिङ एड्भेन्चर कम्पनी फ्रेन्ड्स एडभेन्चर टिमले सहभागिता जनाएको छ।

यही जनवरी १९ र २० मा डेन्भरकाे काेलाराेडाेमा सम्पन्न प्रदर्शनीमा हजाराैँ मानिसकाे सहभागीता थियाे। जसमा नेपालकाे तर्फबाट फ्रेन्ड्स एडभेन्चरले सहभागिता जनाएकाे हाे।

‘ट्राभल एण्ड एडभेन्चर शो’ अमेरिकाको सबैभन्दा ठुलो ट्राभल प्रदर्शनीमध्ये एक हो। जसमा सहभागी हुन पाउँदा खुसी लागेकाे फ्रन्ड्स एड्भेन्चर टिमका प्रबन्ध निर्देशक राजेन्द्र लामाले बताए।

‘यो अमेरिकामा आयोजना गरिएको विशाल पर्यटन प्रदर्शनी हो। यसमा नेपालको टुरिजम प्रडक्टबारे नेपाल घुम्न चासो राख्नेहरुलाई पर्याप्त जानकारी र उनीहरुसँग प्रत्यक्ष संवाद गर्न पाउँदा अत्यन्त खुसी लागेको छ,’ अमेरिकाबाट उनले बिएल नेपाल सेवासँग भने।

शो अवलोकनका लागि आएका मानिसले काठमाडाैँ, चितवन र पोखरा घुम्न चाहेकाे बताएकाे उनकाे भनाइ छ। कतिले भने क्रस कन्ट्री टुर लगायत नेपालका अन्य ठाउँसहित भुटान र टिबेटबारे पनि जानकारी लिएकाे उनले जानकारी दिए।

भुटान स्वालो टेल ट्राभलकी प्रबन्ध निर्देशक टाशी वाङ्मो प्रदर्शनीमा पहिलो चोटी सहभागी भएकी थिइन्।भुटानबाट उनको कम्पनी डेन्भर ट्राभल शो'का सहभागी हुन र ट्राभल शो भव्य सफल भएकाे बताउँदै प्रदर्शनी अवलोकन गर्न आएको आधिकांश मानिसहरु नेपाल र भुटानको क्रस कन्ट्री ट्रिपबारे गहिरो चासो लिएको बताइन्।

यस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय ट्राभल शाेहरूमा सहभागी भएर नेपालकाे पर्यटन प्रवर्द्धनबारे अन्तर्राष्ट्रिय जगतमा जानकारी गराउन सकिने र त्यसले सम्रग नेपालकाे पर्यटन विकासमा टेवा पुग्ने उनकाे धारणा थियाे। नेपाली ट्राभल कम्पनीहरूलाई यस्ता अन्तर्राष्ट्रिय शाेहरुमा सहभागी गराउन नेपाल पर्यटन बाेर्डले भूमिका खेल्नुपर्ने उनले बताए।

हरेक वर्ष हुने याे प्रदर्शनी उनकाे कम्पनी गत वर्ष पनि सहभागिता जनाएकाे थियाे। भने, आगामी  वर्षकाे २७ र २८ जनवारीमा न्युयोर्कमा हुने प्रदर्शनीमा फ्रेन्ड्स एड्भेन्चर टिमसहित अन्य दुई नेपाली ट्राभल कम्पनीले सहभागिता जनाउने लामाले जानकारी दिए।

यो प्रदर्शनीले १९ वर्षदेखि ११८ वटा सम्पन्न कार्यक्रमका लागि विश्वभरबाट २५ लाखभन्दा बढी यात्री, १५ हजारभन्दा बढी पर्यटन क्षेत्रका विज्ञहरु र हजारौँ ट्राभल मिडियाहरूसहित ४ हजारभन्दा बढी विभिन्न प्रदर्शनी कम्पनीहरूलाई जोडेको छ।

यो ट्राभल एण्ड एड्भेन्चर प्रदर्शनी युनिकम एलएलसीद्वारा उत्पादन गरिएको एक अग्रणी व्यापार प्रदर्शनी हो। जसलाई १५० वर्षभन्दा बढी पर्यटन उद्योगमा अनुभव भएको टोलीद्वारा व्यवस्थापन र आयोजना गर्दछ। यो कार्यक्रम संयुक्त राज्यभरका ९ प्रमुख बजार क्षेत्रमा आयोजना गरिन्छ। जसमा संसारभरिका पर्यटनप्रेमीहरू सहभागिताकाे लागि लालायित हुन्छन्।

उक्त ट्राभल शो'को नेपालका लागि आधिकारिक एजेण्ट ट्राभल ब्युरो अफ नेपालका सिइओ तथा पर्यटनदूत प्रदीप श्रेष्ठकाअनुसार नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयलाई अमेरिकी राजदूतावाससँग समन्वय गरिदिन आग्रह गर्दै पत्राचार गर्दा पनि कुनै सहयोग नपाएको जानकारी दिए।

यदि समयमा नै समन्वय गरिदिएको भए अन्य पर्यटन व्यवसायीहरुले पनि उक्त ट्राभल शो'मा सहभागी हुने अवसर पाउने थिए। पर्यटन मन्त्रालय र पर्यटन बोर्डबीच सहकार्य नहुँदा पर्यटन व्यवसायीहरु ट्राभल शो'मा सहभागी हुनबाट बन्चित भएकोले आगामी दिनमा सम्बन्धित निकायले यसप्रति ध्यान दिन पर्यटनदूत श्रेष्ठले आग्रह गरे।

प्रकाशित मिति: : 2024-01-23 20:43:00

प्रतिकृया दिनुहोस्