‘द्रुतमार्ग’को ‘कछुवा गति’ : यही गतिमा निर्माण हुन २२ वर्ष लाग्छ !

बाह्रखरी

काठमाडौं

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना (काठमाडौं–निजगढ) निरीक्षण गर्न जानेको भीड देख्दा लाग्छ, ‘नामअनुसारको काम भइरहेको छ ।’ अर्थात् सडक निर्माण कार्य द्रुत गतिमा भइरहेको छ। 

वास्तविकता चाहिँ ठीक उल्टो छ । नाम ‘द्रुतमार्ग’ राखिए पनि निर्माण ‘कछुवा गति’मा छ । कामअनुसारको नामै राख्ने हो भने यसको नाम ‘द्रुतमार्ग’ नभई ‘सुस्तमार्ग’ हुनुपर्थ्यो ।

निर्माण कार्य जे जसरी अगाडि बढे पनि सडक निरीक्षण गर्न जानेहरूको भने कमी छैन ।  नेपाली सेनाले हालै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको द्रुतमार्गसम्बन्धी विवरणमा पछिल्लो एक वर्षमा सात वटा टोलीले निरीक्षण गरेको उल्लेख छ ।

प्रकाशित मिति: : 2024-01-24 11:19:00

प्रतिकृया दिनुहोस्