राष्ट्रियसभा निर्वाचन: बालेनले गरे मतदान बहिष्कार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी नहुने भएका छन्। 

कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सहभागी हुन नसकेकाे बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। 

काठमाडौं महानगरका मेयर निर्वाचनमा सहभागी नभएता पनि उपमेयर सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा गएकी छन्। 

बागमती प्रदेशका ४ सिटका  ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसकी विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिडिरहेका छन्।

प्रकाशित मिति: : 2024-01-25 12:25:00

प्रतिकृया दिनुहोस्