विमानस्थलमा कुटाकुट प्रकरणः कर्मचारीको धम्कीपूर्ण चेतावनी

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमका कर्मचारीबीच भएको कुटाकुट प्रकरणमा कर्मचरीका ट्रेड युनियनहरुले धम्कीपूर्ण चेतावनी दिएका छन्।

प्रधानमन्त्री र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफ्ना माग समयमै सम्बोधन नभएमा देशव्यापी रुपमा काम ठप्प पार्ने धम्की दिएका छन्।

‘यही माघ १२ गते कुटपिट घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारवाही नभएमा देशव्यापी रुपमा कार्यालयहरुको सेवा बन्द गर्नेलगायत आवश्यक आन्दोलन गर्ने बाध्य हुने छौँ,’ ज्ञापनपत्रमा भनिएको छ।

प्रकाशित मिति: : 2024-01-28 17:30:00

प्रतिकृया दिनुहोस्