१५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका- ८ का १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ।
धिमालले ती किशाेरीलाई मेचिनगर नगरपालिका- १२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएकाे छ।