आजदेखि कर्मचारी थप एक घण्टा कार्यालयमा बस्नुपर्ने

Breaknlinks
Breaknlinks

आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालयहरू साँझ ५ बजेसम्म खुल्ने भएका छन्।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने गरेको थियो।

जाडो यामको तीन महिना भने कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ। बाँकी नौ महिना ७ घण्टा र शुक्रबार दिउँसो ३ बजेसम्म सरकारी कार्यालयको समय तोकिँदै आएको छ।

सरकारले २०७९ चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जनाएको थियो।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

शुक्रबारका दिन बिहान १० देखि दिउँसाे ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-01-30 14:45:00

प्रतिकृया दिनुहोस्