रहेनन् गोरखापत्रका उपसम्पादक पण्डित

तस्बिर: गाेरखापत्र अनलाइन
तस्बिर: गाेरखापत्र अनलाइन

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको हो। 

उनको आन्द्रामा अर्बुद भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन्।

प्रकाशित मिति: : 2024-01-31 10:16:00

प्रतिकृया दिनुहोस्