सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा भुटानी नागरिकद्वय ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली कार चालक रहेका छन्।
भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा दुई जनाकाे घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको छ भने बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ।