बैंकक जान लागेका यात्रुकाे पैसा चाेरी गर्ने विमानस्थलका कर्मचारी पक्राउ

नेपाल वायु सेवा निगमकाे उडानमार्फत् काठमाडाैँबाट बैंकक प्रस्थान गर्ने लागेका यात्रुकाे पैसा चाेरेकाे अभियाेगमा त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ परेका छन्।

दैलेखकाे महावु गाउँपालिका- ३ घर भई काठमाडाैँका काँडाघारी बस्ने ३५ वर्षीय देवबहादुर सुनारलाई बुधबार दिउँसाे प्रहरीले पक्राउ गरेकाे हाे।

सुनार विमानस्थलमा लाेडरकाे रुपमा कार्यरत व्यक्ति हुन्। उनले बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाकाे झाेलाबाट थाई भाट २० हजार चाेरी गरेकाे प्रहरीले जनाएकाे छ।

याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देवबहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो। साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रकाशित मिति: : 2024-02-01 17:34:00

प्रतिकृया दिनुहोस्