यू-१९ विश्वकपः आज नेपालले भारतको सामना गर्दै

जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ। 

नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो।

सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो। भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ। भारतसँगै सेमिफाइनलको दौडमा समूह 'ए' बाट पाकिस्तान र बंगलादेश रहेका छन्। 

त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो।  

सुपर सिक्सको समूह ए बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन्।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंक बिहिन भएको हो।

आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ। 

प्रकाशित मिति: : 2024-02-02 07:29:00

प्रतिकृया दिनुहोस्