बेल्चा बोकेर सहिदमार्गकाे हिउँ पन्छ्याउँदै उपाध्यक्ष बुढा 

बिएल संवाददाता

रुकुम पूर्व 

हिउँ परेपछि अवरुद्ध भएको रुकुम पूर्वअन्तरगत सहिदमार्ग सफा गर्न पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा बेल्चा बाकेर सडकमा पुगेकी छिन्। 

सहिद मार्गअन्तर्गत रिकाधुरी–क्युबाङ–तकसेरा खण्डमा हिपातले सडक अवरुद्ध भएको थियो। 

शुक्रबार दिउँसोदेखि गाउँपालिका उपाध्यक्ष बुढाको नेतृत्वमा खटिएको टोलिलाई सडक सुचारु गर्न करिब ७ घण्टा लागेको थियो। 

सडक सुचारु गर्न गाउँपालिका उपाध्यक्ष बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरी, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्तीलगायत गाउँपालिकाका कर्मचारी खटिएका थिए। 

हिमपातकै कारण विहीबारदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको र समस्या हल गर्न सम्बन्धित निकायमा सहकार्य भैरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन्। 

प्रकाशित मिति: : 2024-02-03 12:24:00

प्रतिकृया दिनुहोस्