वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सम्मानित

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरे।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ। 

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा. कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहेको बताए। 

साहित्यकार प्रा. डा. रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गरेका थिए।

प्रकाशित मिति: : 2024-02-03 18:02:00

प्रतिकृया दिनुहोस्