साफ यू–१९ महिला च्याम्पनसिपः नेपालले भुटानलाई हरायो

दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला यू–१९ च्याम्पियनसिपमा नेपालले खेलमा भुटानलाई हराएको छ। 

आइतबार बंगलादेशको राजधानी ढाकास्थित मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो। 

नेपालका लागि सेनु परियारले खेलको ४५औँ मिनेटमा गोल गरेर सफलता दिलाइन्। त्यसपछि अन्य कसैले पनि गोल गर्न सकेनन्।

नेपाल पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशसँग ३-१ पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो।

यसअघि भुटान भारतसँग १०–० ले हारेको थियो। नेपालले अब ६ फेब्रुअरीमा भारतसँग खेल्ने छ।

प्रतियोगितामा आयोजक राष्ट्र बंगलादेशसहित नेपाल, भारत र भुटानको सहभागीता रहेको छ।

प्रकाशित मिति: : 2024-02-04 17:06:00

प्रतिकृया दिनुहोस्