क्यानडाविरुद्धको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको सिरिजको खेल तालिका सार्वजनिक गरेको छ।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात् माघ २५ गते पहिलो खेल हुनेछ भने १० फेब्रुअरी अर्थात् माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात् माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ।

खेल विहान ९: १५ बजेदेखि सुरु हुनेछ।

क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ।

जसमा रोहित पौडेल, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन्।

प्रकाशित मिति: : 2024-02-05 10:54:00

प्रतिकृया दिनुहोस्