वाफ च्याम्पियनसिप: नेपालले पहिलो खेल सिरियासँग खेल्ने

साउदी अरेबियामा आगामी फेब्रुअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल सिरियासँग खेल्दै छ।

प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउँदैछन्। साउदी अरेबिया, ग्वाम, लेबनान र जोर्डन समूह ए मा छन् भने नेपाल प्यालेस्टाइन, सिरिया र इराकसँगै समूह ‘बी’ रहेका छन्।

नेपालले पहिलो खेल फेब्रुअरी २० गते सिरियासँग खेल्ने छ भने फेब्रुअरी २२ मा इरानसँग तथा अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ।

प्रतियोगिताको लागि नेपाली महिला टोली अहिले बन्द प्रशिक्षणमा छन्।

प्रकाशित मिति: : 2024-02-06 11:37:00

प्रतिकृया दिनुहोस्