बिजुलीको पोल ढलेपछि जुम्लामा विद्युत अवरोध

Symbolic photo
Symbolic photo

जुम्लामा विद्युत् अवरोध भएको छ। कर्णाली राजमार्गको कालिकोट सडकखण्डअन्तर्गत गल्छीमा बिजुलीको पोल ढलेपछि विद्युत अवरोध भएको हो।

सडक निर्माण गर्दागर्दै पोल ढालेपछि जुम्लासहित मुगु जिल्लाको राष्ट्रिय प्रशारण लाइनकाे बिजुली अवरुद्ध भएको हो।

सडक निर्माण कम्पनीहरुले जथाभावी डोजर चलाउँदा ढुंगा खसेर पोल ढल्ने, तार चुडिने भएपछि पटक पटक जुम्लामा बिजुली अवरुद्ध हुने गरेको छ।

विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहले ढलेको पोल मर्मत गर्नका लागि कालिकोट वितरण केन्द्रबाट कर्मचारीको टोली खटाएकाले साँझसम्म विद्युत आपूर्ति हुने बताए।

प्रकाशित मिति: : 2024-02-06 15:39:00

प्रतिकृया दिनुहोस्