राज्यमन्त्री सिर्पालीकाे स्वास्थ्यमा अचानक समस्या, वीरेन्द्र सैनिक अस्पतालमा भर्ना

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)काे स्वास्थ्यमा अचानक समस्या आएकाे छ।

शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएकाे उनकाे सचिवालयले जनाएकाे छ।

‘काेरियाबाट हिजाे फर्किनु भएकाे थियाे। फर्किएपछि पेट र टाउकाे दुख्ने समस्या भएपछि बिहान अस्पताल ल्याएका छाैँ’, राज्यमन्त्री सिर्पालीकी सचिवालय सदस्य सन्ध्या पाण्डेले बिएल नेपाली सेवासँग बनिन्।

पाण्डेका अनुसार बिहानदेखि उपचार भइरहे पनि स्वास्थ्यमा सुधार भएकाे छैन।

प्रकाशित मिति: : 2024-02-10 12:14:00

प्रतिकृया दिनुहोस्