राेहित र आसिफलाई पछि पार्दै दीपक अधिकारी बने वर्षकाे उत्कृष्ट खेलाडी

एथेलेटिक्सका दीपक अधिकारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षकाे उत्कृष्ट पुरुष खेलाडी बनेका छन्।

शनिबार दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले अधिकारीलाई वर्षकाे उत्कृष्ट खेलाडी घाेषित गर्याे।

उनले नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेल र आशिफ शेखलाई पछि पार्दै वर्ष खेलाडी घाेषित भएका हुन्।

उनलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे छ।

अधिकारीले नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० किमीमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए।

प्रकाशित मिति: : 2024-02-11 19:12:00

प्रतिकृया दिनुहोस्