यातायात व्यवस्था विभागका महानिर्देशकमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालोमोसो

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकटको समूहले कालोमोसो दलेकाे छ।

सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको भन्दै सोमबार क्रान्तिकारी युवा संगठनले रिजालमाथि कालोमोसो दलेकाे हाे।

सोमबार बिहान मिनभवनस्थित कार्यकक्षमा प्रवेश गर्नासाथ रिजालमाथि उनीहरूले कालोमोसो दलेकाे खबर प्राप्त भएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

रिजालले केही व्यक्तिहरू आफूमाथि कालोमोसो दलेकाे र उनीहरूलाई आफूले नचिन्ने बताए।

प्रकाशित मिति: : 2024-02-12 11:46:00

प्रतिकृया दिनुहोस्