क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

नेपाल र क्यानडाबीच जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला नेपालले बलिङ रोजेको थियो। ब्याटिङकाे निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो।

क्यानडाका लागि नवनीत धालीवालले सर्वाधिक ५० रन बनाएर आउट भए। नविनतले ८२ बलमा ५ चौका प्रहार गरे। उनीलाई नेपालको ललित राजवंशीको बलबाट आकाश चन्दबाट क्याच आउट भएका थिए।

क्यानडका ओपनर आरोन जोन्सन १० बलमा ४ रन मात्र बनाएर आउट भए। श्रीमान्थ विजेरत्न २२, निकोलोस कितर्न ३, हर्ष थाकर २९ रनमा पेभिलियन फर्किए। त्यस्तै, हर्ष थाकर ५७ बलमा २९ रन बनाएर आउट भए। उनलाई कुशल मल्लले एलबिडब्लु आउट गरेका थिए।

क्यानडका निखिल दत्त ४५  रन बनाएर रनआउट भए। श्रेयस मोव्व २५, डिलिवन हेलाईगर ४ रन बनाएर आउट भए।

नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमा सर्वाधिक ३  विकेट लिए। कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले समान १-१ विकेट लिए।

प्रकाशित मिति: : 2024-02-12 13:01:00

प्रतिकृया दिनुहोस्