डोटीमा बाघले ९ वटा बाख्रा मार्‍यो

फाइल तस्विर
फाइल तस्विर

डोटीमा बाघले ९ बाख्रा मारेको छ। जिल्लाको जोरायल गाउपालिका वडा नम्बर ६ गावरमा बाघले खोरमा पसेर सबै बाख्रा मारेको हो।

सोमबार राति स्थानीय धर्मादेवी साँउदको घर नजिकैको बाख्रा खोरमा बाघ पसेर खोर नै रित्याइदिएको छ। ९ वटा बाख्रा रहेको खोरमा बाघले सबै बाख्रा मारेको हो। राति पसेको बाघले बाख्राको घाँटीबाट रगत खाएर मारेर छोडेको छ।

पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो।

प्रकाशित मिति: : 2024-02-13 21:27:00

प्रतिकृया दिनुहोस्