एसीसी महिला प्रिमियर कप: सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित

Photo -CAN
Photo -CAN

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। मलेसियालाई जिताउने क्रममा ब्याटर एल्सा हन्टरले अविजित ६९ रन बनाएकी थिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन्।

यो जितसंगै आयोजक मलेसियाले प्रतियोगिताको फाइनलमा युएईसँग खेल्ने छ। यससँगै युएई र मलेसिया २०२४ मै हुने महिला एसिया कपमा छनौट भएका छन्।

प्रकाशित मिति: : 2024-02-16 14:21:00

प्रतिकृया दिनुहोस्