नामिवियाविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

नेपालले आइसिसी लिग- २ अन्तर्गतकाे तेस्राे खेलमा नामिवियाविरुद्ध टस हारेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले टस जितेर नेपाललाई पहिले ब्याटिङकाे निम्ताे दिएकाे छ।

नेपालले जारी प्रतियाेगिताकाे पहिलाे खेलमा नामिवियासँग प्रतिस्पर्धा गरेकाे थियाे। यद्यपि, उक्त खेलमा नेपालले पराजय भाेगेकाे थियाे। नेपालले आजकाे खेलमा नामिवियासँग बदला लिन चाहन्छ।

आजकाे खेलमा नेपालले एक परिवर्तन गरेकाे छ। नेपालले गुल्सन झालाई बेच्नमा राखेर करण केसीलाई मैदानमा उतारेकाे छ।

प्रकाशित मिति: : 2024-02-21 09:02:00

प्रतिकृया दिनुहोस्