बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

File Photo
File Photo

बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका-१ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

जिपमा चालकसहित १७ जना सवार रहेका थिए। जिप चालक डिलासैनी गाउँपालिका-६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2024-02-22 18:00:00

प्रतिकृया दिनुहोस्