महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनीका मन्त्रीकाे साथ, किताब बाेकेर दिनभर डुले

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनी प्रदेशका भाैतिक निर्माण तथा पूर्वाधार मन्त्री धर्मबहादुर चाैधरीले साथ दिएका छन्।

किताब बिक्री अभियानका क्रममा शुक्रबार बर्दियाकाे राजापुर पुगेका पुनलाई मन्त्री चाैधरीले दिनभरि गाउँमा घुमाएर किताब बेच्नमा साथ दिएका हुन्।

‘माननीय मन्त्री धर्मबहादुर चौधरीज्यू र स्थानीय सामाजिक अभियन्ता सूर्य केसी भाइले मेरो आत्मकथाको किताब बेच्न बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सहयोग गर्नुभयो,’ महावीर पुनले भने।

पुनले आफ्नाे आत्मकथा ‘महावीर: सम्झना, सपना र अविरल यात्रा’ गत दसैँमा सार्वजनिक गरेका थिए। साेही किताब बिक्रीका क्रममा पुन डेढ महिनादेखि देश दाैडाहामा निस्किएका छन्।

यस क्रममा पुनले करिक ३ कराेडकाे किताब बेचिरहेका छन्।

प्रकाशित मिति: : 2024-02-24 13:33:00

प्रतिकृया दिनुहोस्