आइसीसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्डससँग नेपाल पराजित

आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे खेलमा नेपालले नेदरल्याण्डससँगको दोस्रो खेलमा ८ विकेटको हार बेहोरेको हो।

नेपालले दिएको १७३ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले ३७.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रन मात्र बनाएको थियो।

योसँगै यस सिरिजमा नामिबियाले ४ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर सिरिज जितेको छ भने नेदरल्याण्डसले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गरेको छ। त्यसैगरी नेपालले भने ४ खेलमा केवल एक खेल मात्र जितेर २ अंक हासिल गरको छ।

लिग-२ को यो सिरिज सकिएसँगै अब नेपाल, नेदरल्याण्डस र नामिबियाले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने छन्। सिरिजको पहिलो खेल फेब्रुअरी २७ मा त्रिवि मैदानमा नेपाल र नामिबिया खेल्दै छन्।

त्यसैगरी नेपालले अब आइसीसी क्रिकेट विश्वकप लिग-२ मा अर्को सिरिज आगामी सेप्टेम्बरमा क्यानडामा क्यानडासहित ओमानसँग खेल्ने तालिका छ।

प्रकाशित मिति: : 2024-02-25 16:12:00

प्रतिकृया दिनुहोस्