मधेस प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बैठकमा नाराबाजी गरेका छन्।
प्रदेशसभाको बैठक सुरु हुनासाथ जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाउँदै नाराबाजी गरेका हुन्।
जनमतका प्रदेशसभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठी चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाए।
तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दासमेत जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याण मन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संसोधन गर्न बनेको विधेयक माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए। त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरुले सभामुखको अगाडि पुगेर नारावाजी गरे थिए।