आफूलाई सामाजिक अभियान्ता बताउने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन्।
शालीन पोखरेलको मृत्यु प्रकरणमा आइतबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।
त्रिवि अस्पतालले आज पोखरेलको शवको पोष्टमार्टम रिपाेर्टमा बलात्कार नदेखिएकाे र झुन्डिएर मृत्यु भएकाे बताएपछि असन्तुष्ट जनाउँदै प्रदर्शन गर्न पुगेपछि पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ।
अस्पतालकाे पोष्टमार्टम रिपाेर्टमा शालीनकाे मृत्युको कारण ‘ह्याङ्गिङ’ देखिएको थियाे। उनकाे परिवाले शालीनकाे बलात्कारपछि हत्या भएकाे दाबी गर्दै आएकाे थियाे। तर पोष्टमार्टम रिपाेर्टमा भने झुन्डिएर मृत्यु भएकाे देखिएपछि शालीनकाे परिवार र आफन्तले आपत्ति जनाएकाे छ।